• बिहिबार, असोज ८ २०८३

गोरखामा जनगणनाका लागि ९८ जना सुपरीवेक्षक परिचालन


बिहिबार, भाद्र ३१ २०७८
805
Shares


गोरखा । बुधवारदेखि गोरखामा १२ औं राष्ट्रिय जनगणनाको काम सुरु भएको छ ।

देश भरका ७७ जिल्लासँगै गोरखामा पनि सुपरीवेक्षण कार्य सुरु भएको कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।

जिल्लाका ११ वटै स्थानीय तहमा ९८ जना सुपरीवेक्षक परिचालन गरिएको छ । सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुपरिवेक्षकहरुले आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या भर्नेछन् ।

साथै जग्गा, पशुपंक्षी, कृषि कार्य, बैंक त्रृण, बैंक खाता, प्रविधिक शिक्षा लगायतका विषयमा समेत विवरण संकलन गरिनेछ । सूचीकरणकै आधारमा मूल गणना गरिन्छ ।

मूल जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म सञ्चालन हुन्छ । यसमा करिब ४ सय गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नवली सोध्ने र विवरण भर्ने काम गर्नेछन् ।

जनगणना सञ्चालनका लागी गोरखामा गत चैत १ गते जिल्ला जनगणना कार्यालयको स्थापना गरिएको थियो । सरकारले राष्ट्रिय जनगणना–२०७८ का लागी ‘मेरो गणना मेरो सहभागिता’ नारा तय गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार