• बिहिबार, असोज ८ २०८३

अजिरकोटका पहिरो पिडितलाई आर्थिक सहयोग


बिहिबार, भाद्र ३१ २०७८
610
Shares


गोरखा । गोरखाको अजिरकोट गाउँपालिका—१ धनसिराका पहिरो पिडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

मनोज एसोशिसयसन फ्रान्सले उपलब्ध गराएको सहयोग मुटु फाउण्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले पहिरो पिडित पाँच परिवारलाई ३०/३० हजार नगद प्रदान गरिएको हो ।

बुधवार गाउँपालिकामा आयोजित कार्यक्रममा पिडित परिवारहरुलाई उक्त रकम प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।

सहयोग पाउनेहरुमा फुलमाया गुरुङ, सनमाया गुरुङ, शुकबहादुर गुरुङ, रामबहादुर गुरुङ, बिजयमाया गुरुङसेनी रहेका छन् ।

मुटु फाउण्डेशन र मनोज एसोशियसनले गोरखाको बिभिन्न ठाउँमा स्वास्थ्य शिविर लगायत सामाजिक काममा निरन्तर सहयोग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार