• बिहिबार, असोज ८ २०८३

गण्डकीका शिक्षा मन्त्रीद्वारा कक्षा १२ को परीक्षास्थल निरीक्षण


बुधबार, भाद्र ३० २०७८
750
Shares


पोखरा । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले पोखराका विद्यालयहरूको निरीक्षण गरेका छन् ।

बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा विद्यालय र परीक्षार्थीले अपनाएको स्वास्थ्य मापदण्डको पालनाका सम्बन्धमा मन्त्री श्रेष्ठले निरीक्षण गरेका हुन् ।

मन्त्री श्रेष्ठले परिक्षार्थीहरुलाई खोपको उपलब्धता, प्रश्न पत्र समयमा पाए न नपाएको, शिक्षाको गुणस्तर लगायतका विषयमा निरीक्षण गरेको जानकारी दिए ।

उनले पोखराको जनप्रिय उच्च मावि, जनप्रिय बहुमुखी क्याम्पस, ग्लोबल कलेज, सगरमाथा मावि र राष्ट्रिय माविसहित ५ वटा विद्यालयको निरीक्षण गरेका हुन् ।

मन्त्री श्रेष्ठले स्वास्थ्य सुरक्षालाई ख्याल गरेर परीक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएका छन् ।

निरीक्षणमा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निर्देशक विष्णु नारायण श्रेष्ठ, उपनिर्देशक नवराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार