• बिहिबार, असोज ८ २०८३

दैलेखमा शिक्षक हत्याको आरोपी २५ वर्षीया महिला सार्वजनिक


बुधबार, भाद्र ३० २०७८
990
Shares


दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले एक महिलालाई सार्वजनिक गरेको छ ।

दैलेखका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको हत्या छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रिसइबीका कारण शिक्षक बिसीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । उनलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट अनुमति दिइसकेको छ ।

डीएसपी श्रेष्ठका अनुसार मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको छ । शिक्षक बिसीको शव मंगलबार बिहान मालिका माविको बरण्डामा फेला परेको थियो । मुनाको घर शिक्षक बिसीको शव भेटिएको ठाउँदेखि ३० मिटर पर छ ।

४२ वर्षीय शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार