गोरखा । गृह मन्त्रालयले गोरखाका लागि नयाँ नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को व्यवस्था गरेको छ ।मन्त्रालयले बुधबार गोरखाका नयाँ प्रजिअका रुपमा शंकरहरि आचार्य तोकेका हुन् ।

मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्री बालकृष्ण खाँणले गोरखा लगायत १२ वटा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएका छन् । आचार्य यसअघि लुम्बिनी प्रदेशको लोकसेवा आयोगको सचिव पदमा कार्यरत थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयल मंगलबार ८५ जना सहसचिवको सरुवा गर्दा आचार्यलाई गृहमन्त्रालय वा माताहत सरुवा गर्ने निर्णय गरेको थियो ।
यस अघि गोरखामा कार्यरत प्रजिअ शालिग्राम शर्मा पौडेललाई निर्वाचन आयोग सरुवा गरिएको थियो ।
