काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ७ सय ० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार १६ हजार ८ सय ४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट १२ हजार ५ सय २४ जना र एन्टिजेनबाट ४ हजार ३ सय २० जनाको परीक्षण भएको छ।
त्यस्तै एक हजार २ सय २० संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८ सय ९६ जनाको मृत्यु भएको छ।
यस्तै काठमाडौं उपत्यकामा थप ४ सय ९५ कोरोना संक्रमित थपिएका छन्।