• बिहिबार, असोज ८ २०८३

राष्ट्र बैंकले तोकेको एक्सचेन्ज काउन्टरबाट नयाँ नोट साट्न पाइने


बुधबार, भाद्र ३० २०७८
780
Shares


दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ ।

आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो ।

बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल)मा सातवटै प्रदेश स्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने जनाएको छ ।

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै यसपटक सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार