• बिहिबार, असोज ८ २०८३

युइएफए च्याम्पियन्स लिग : बायर्नसँग बार्सिलोना पराजित


बुधबार, भाद्र ३० २०७८
610
Shares

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमै जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।

रोबर्टो लेवान्डोस्कीले दुई गोल गरेपछि बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेको हो ।

बार्सिलोनाको मैदान क्याम्पनोउमा भएको खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । खेलको ५६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे ।

लेवान्डोस्कीले ८५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले शानदार जित हात पारेको हो ।

जितसँगै बार्यनले ३ अंक जोडेको छ। बार्सिलोना अंकविहीन छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार