नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य उक्त दरले बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको प्रतितोला सोही दरले बढेर आज ९० हजार ७०० पुगेको छ ।चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर छ । प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।