गोरखा । गोरखाका एक पुरुष मनाङमा मृत अवस्थामा भेटिएका छन् ।

गण्डकी गाउँपालिका २ का ४३ बर्षका क्षेत्रबहादुर गुरुङ मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मनाङको निस्याङ गाउँपालिका ४ मा सब्जेको स्याउ फर्ममा कार्यरत गुरुङ मस्याङदी नदी किनारमा मृत फेला परेका हुन् ।
भदौं २६ गते देखि हराइरहेका उनी मंगलवार बिहान १२ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
गुरुङको शव घोप्टो परेको अबस्थामा फेला परेको थियो ।
