• बिहिबार, साउन १४ २०८३

भाइरल ज्वरोका बिरामी बढे


बुधबार, भाद्र ३० २०७८
1.1K
Shares

लमजुङ । जिल्ला अस्पताल लमजुङमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ ।  चिकित्सकका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका भाइरल ज्वरोका बिरामी बढेका हुन् ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा खटिरहेका चिकित्सकले भाइरलका बिरामी जाँच्ने भएकाले दोहोरो व्यवस्थापनमा कठिनाइ भइरहेको बताए । भाइरल ज्वरोका बिरामीलाई कोरोनाको सङ्क्रमण छिटो सर्न सक्ने र आफूहरू दुवैको उपचारमा खटिँदा बिरामीलाई समस्या हुन सक्ने चिकित्सकको भनाइ छ ।

अस्पतालमा भर्ना हुने धेरै नभए पनि पिसिआर जाँचका लागि आउने गरेको र सङ्क्रमण देखिने गरेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जिल्लामा भाइरल ज्वरोका बिरामी बढेकाले सामान्य रूपमा नलिन आग्रह गरेका छन् ।

जिल्ला अस्पताल लमजुङमा एक महिनादेखि दैनिक ३० देखि ३५ जना भाइरल ज्वरोका बिरामी उपचारका लागी अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार