• बिहिबार, असोज ८ २०८३

आजदेखि १२ कक्षाकाे परिक्षा सुरु, पहिलाे दिन अंग्रेजी


बुधबार, भाद्र ३० २०७८
7.2K
Shares

कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।

परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन् ।

गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो । तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो ।

परीक्षा बोर्ड (कक्षा ११ र १२ हेर्ने)परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अधिकांश विद्यार्थीले खोप लगाइसकेको र  संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन भएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार