• बिहिबार, असोज ८ २०८३

तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित त्रिभुवन विमानस्थलबाट दुई पक्राउ


मंगलबार, भाद्र २९ २०७८
765
Shares


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।

सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहनासहित पक्राउ गरेको हो।

आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्।

थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार