• बिहिबार, असोज ८ २०८३

गोरखाका प्रमुख जिल्ला अधिकारी पौडेलको निर्वाचन आयोगमा सरुवा


मंगलबार, भाद्र २९ २०७८
1.4K
Shares


गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको सरुवा भएको छ ।

गोरखामा कार्यरत प्रजिअ शर्मा पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार निर्वाचन आयोगमा सरुवा गरेको हो । पौडेल गत फागुन १९ गतेदेखी गोरखाको प्रजिअमा कार्यरत थिए ।

विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गर्ने क्रममा गोरखाका प्रजिअ पौडेलको पनि सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

जिल्लामा अब कसलाई प्रजिअका रुपमा पठाउने भन्ने बारे टुङगो लाग्न बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार