• बिहिबार, साउन १४ २०८३

थप एक हजार ५६२ मा संक्रमण पुष्टि, १९ जनाको मृत्यु


मंगलबार, भाद्र २९ २०७८
585
Shares


पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४ हजार ४ सय ४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १० हजार २ सय ६६ जना र एन्टिजेनबाट ४ हजार १ सय ७७ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ५ सय ८९ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९ सय ८४ जनाको मृत्यु भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका २ सय ९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार