• बिहिबार, असोज ८ २०८३

चीनमा विद्यालयबाट फैलियो कोभिडको लहर


मंगलबार, भाद्र २९ २०७८
590
Shares


एजेन्सी । चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

एक विद्यार्थीका बाबुबाट संक्रमण फैलिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । ती विद्यार्थीका बाबुलाई गत साता कोभिड पोजेटिभ देखिएको थियो ।

विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीलाई एक साताभित्र कोभिड परीक्षण गर्न स्थानीय सरकारले निर्देशन दिएको छ । पछिल्लो चार दिनमा एक सय जनामा संक्रमण देखिएको छ ।

एक महिनाअघि नानजिङमा महामारी फैलिएको थियो । सो महामारी वुहानपछिकै ठूलो मानिएको थियो ।

पछिल्लो समयमा फुजियान प्रान्तको पुटियान सहर कोभिडबाट सबैभन्दा बढी प्रभावित छ । फुजियानमा ३० लाख मानिस बसोबास गर्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार