• बिहिबार, असोज ८ २०८३

रगत नपाउँदा सुत्केरीको मृत्यु


मंगलबार, भाद्र २९ २०७८
585
Shares


अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ।

ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ।

अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिएकी राईको सोमबार बिहान मृत्यु भएको थियो।

साल अड्किएकाले अत्यधिक रक्तस्राव भएको मेडिकल अधिकृत केसीले बताए।

तत्काल रगत आवश्यक परे पनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् रन्दीप राईले बताए। अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार