• बिहिबार, असोज ८ २०८३

अमेरिकामाथि नेपालको शानदार जित


मंगलबार, भाद्र २९ २०७८
985
Shares

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ ।

पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै ओमान टुरमा लयमा रहेका रोहितले अर्धशतक प्रहार गरे । रोहितले अविजित ६२ रन जोडे । विनोद भण्डारीले ३७ रन योगदान गरे ।

अमेरिकाका लागि निसर्ग पटेल नास्थुस केन्जिगले २/२ विकेट लिए । यस्तै कप्तान नेत्रभाल्करले १ विकेट लिए । अमेरिकाको लागि विकेटकिपर ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरे । मोनाकले ११४ बल खेल्दै ९ चौका र १ छक्का मद्दतमा १०० रन बनाए । यस्तै निसर्ग पटेलले २१ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी, विक्रम सोबले २/२ विकेट लिए । यस्तै कुशल मल्लले १ विकेट लिए ।

अमेरिकालाई हराएपछि नेपालले लिग २ मा तेस्रो खेल जित्दै ५ खेलबाट ६ अंक जोडेको छ । नेपालले सिरिजको दोस्रो खेलमा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार