• बिहिबार, असोज ८ २०८३

गोरखामा विभिन्न मुद्धाका फरार १८ अभियुक्त पक्राउ, चार जना जेल चलान


मंगलबार, भाद्र २९ २०७८
680
Shares


गोरखा । गोरखामा विभिन्न मुद्धाका फरार १८ जना अभियुक्त पक्रामउ परेका छन् ।
अदालतको फैसला कार्यन्वयन गर्ने अभियानलाई तिब्रता दिएको गोरखा प्रहरीले सोमवार १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत तथा प्रशासन कार्यालयबाट विभिन्न मुद्धामा कैद तथा जरिवाना तोकिएका १८ जना अभियुक्तलाई सजाया भुक्तानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परेकाहरुबाट एक वर्ष पाँच दिन कैद र सात लाख ३५ हजार तीन सय ८३ रुपैयाँ असुल उपर गरिएको छ । जसमा बैंकिङ कसुर लागेका गण्डकी गाउँपालिका ४ का लोकबहादुर भट्ट सात लाख जरिवाना र १५ दिन कैद सजाया तोकिएका ब्यक्ति हुन् ।

शहीदलखन गाउँपालिका ७ मा सरकारी कागज किर्ते मुद्धाका अनिल तिवारीबाट ११ महिना छ दिन र ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी छ । लागु औषध मुद्धामा शहीदलखन —६ का नारायण योगी र गोरखा नगरपालिका ९ का रबिन खत्री छन् । दुबै अभियुक्तले सात दिन कैद सजाया भुक्तान गर्नु पर्ने छ । यी चार जना कारागार चलान भएको प्रहरीले जनाएको छ ।

अन्य १४ जना भने जरिवाना तिरेर छुटेका छन् । बन मुद्धामा पालुङटार ९ का जिवित गुरुङबाट १६ हजार तीन सय ३३ असुल भएको छ । सार्वजनीक अपराध गरेका र एक हजार देखि १० हजार सम्म जरिवाना तोकिएकाहरु १३ जना छन् ।

बारपाक सुलिकोट २ का बुद्ध घले, टिकाराम घले, पूर्ण घले, बिक्रम घले, बिरे घले, तेजबहादुर घले, कुमार घले, रन्त कुमार घले, बिजय घले, प्रमोद गुरुङ, किरण घले, हिमाल भन्ने सन्तबहादुर घले, र पालुङटार १ का दिपक बिक रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार