• सोमबार, भाद्र २२ २०८३

सोमबार थप एक हजार ४८६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु


सोमबार, भाद्र २८ २०७८
625
Shares


नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा एक हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारसम्म २६ हजार छ सय ३० जना सक्रिय संक्रमित छन्।

१२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने चार हजार सात जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको छ। सोमबार एक हजार दुई सय ६० जना निको भएका छन्।

साथै काठमाडौं उपत्यकामा चार सय २६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार