• बिहिबार, असोज ८ २०८३

शेयर बजारमा सामान्य सुधार


सोमबार, भाद्र २८ २०७८
680
Shares

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा सोमबार सामान्य वृद्धि भएको छ ।

साताको पहिलो दिन आज आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ ।

सोमबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ कारोबार भएको छ । सोमबार बजार २९४७.६९ बिन्दुमा पुगेको छ ।

सोमबार जलविद्युत कम्पनीका लगानीकर्ताले बढी गुमाए । ,सबैभन्दा बढी कमाउनेमा निर्जीवन बीमा कम्पनी रहे । सोमबार अजोड इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट समेत बढी कमाउने कम्पनीमा परे ।

सोमबार कालिका पावर कम्पनी, राइराङ हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, माउण्टेन हाइड्रो नेपालसहितका कम्पनीका लगानीकर्ताले भने बढी गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार