• बिहिबार, असोज ८ २०८३

बाघले बाँकेमा मान्छे खायो


सोमबार, भाद्र २८ २०७८
1.4K
Shares


बाँकेमा पाटे बाघले एक जनाको ज्यान लिएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरबाट एक जना भारतीय नागरिकलाई बाघले बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्व—पश्चिम राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।

बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भए पनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने खुलेको एसपी अधिकारीले बताए।

‘उनको मानसिक सन्तुलन पनि ठिक थिएन भनेर स्थानीयले जानकारी दिएका छन्,’ अधिकारीले भने।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए।

प्रमुख संरक्षण अधिकृत शाहले केही दिनदेखि गाभर क्षेत्रमा एक जोडी पाटेबाघ देखिइरहेकाले आइतबार बेलुकादेखि त्यसक्षेत्रमा गस्तिमा खटिने गरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार