गोरखा । गोरखामा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन विधीबाट १५ जनामा गरिएको परीक्षणमा थप पाँच जनालाई संक्रमण पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज ५ जना संक्रमित निको भएका छन् ।
संक्रमित मध्ये गोरखा नगरपालिकामा १५ जना, पालुङटारमा १०, धार्चे गाउँपालिकामा १६, सिरानचोक र आरुघाटमा ७/७, आजिरकोटमा २ तथा भिमसेन थापा र शहिद लखनमा १/१ जना सक्रिय संक्रमित रहेका छन् ।
गण्डकी, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकामा भने सक्रिय संक्रमित संख्या शून्य रहेको छ ।।
हाल गोरखामा कोभिड अस्पतालमा छ जना उपचाररत छन् ।