• बिहिबार, साउन १४ २०८३

गण्डकीमा आज थपिए एक सय ९२ कोरोना संक्रमित, १ जनाको मृत्यु


आइतबार, भाद्र २७ २०७८
525
Shares


गण्डकी प्रदेशमा आज थप एक सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय २४ जनाको नमुना परीक्षण गरिएकामा एक सय ९२ मा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९१ महिला र १०१ जना पुरुष रहेका छन् ।

प्रदेशका ३ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की १२८, स्याङ्जा ८, मनाङ १७, मुस्ताङ २०, म्यादी १, गोरखा १, लमजुङ ३ र तनहुँमा १४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ५०१ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । पर्वत, फलेवास नगरपालिका वडा नम्बर २ का २६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३२ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ४ सय ४१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय २८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार