• बिहिबार, साउन १४ २०८३

आइतबार ९ सय ११ जनामा कोरोना संक्रमण, निको भए १ हजार ४२३ संक्रमित


आइतबार, भाद्र २७ २०७८
645
Shares

काठमाडौं । आइतबार देशभर ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यस अवधिमा १ हजार ४ सय २३ जना कोरोनाबाट मुक्त भएका छन्।

थप १३ जनाको संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९ सय ४९ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ। कुल संक्रमितमध्य निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार