• बिहिबार, असोज ८ २०८३

गोरखामा भिरबाट लडेर एक वृद्धको मृत्यु


आइतबार, भाद्र २७ २०७८
705
Shares


गोरखा । गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नं १ छापथोकका करिब ७८ वर्षीय ढुण्डी प्रसाद भट्टको गएराती नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

हिजो बेलुका साँझ करिब ६ बजे तिर घरबाट निस्किएका उनी विहान सम्म घर नर्फिए पछि परिवारले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा विहान उनको शव घर मुनिको खोलामा भेटिएको वडा अध्यक्ष हिक्मत कुँवरले बताए ।

प्रहरी घटनास्थलमा पुगेको र घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार