• बिहिबार, असोज ८ २०८३

मातृका आँखा अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने समूह पक्राउ


आइतबार, भाद्र २७ २०७८
530
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।

आरोपीहरुलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए । भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।

धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम भेटिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार