http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले सस्तिएको छ । महासंघका अनुसार आज चाँदी एक हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।