• बिहिबार, असोज ८ २०८३

नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौ जित


आइतबार, भाद्र २७ २०७८
710
Shares

स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ ।

शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल अन्तरले पराजित गर्दै पिएसजी पाँचौ जित निकालेको हो । 

लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा एन्डर हरेराले दुई गोल गर्दा केलियन एमबाप्पे र इद्रिस्सा गाना गुइएले एक/ एक गोल थपे ।

स्टार खेलाडी नेयमार र मेस्सी भने विश्वकप छनोट खेलेर पेरिस झरे पनि मैदान उत्रन पाएका छैनन् । 

खेलको २० र ३१औँ मिनेटमा हरेराले लगातार गोल गर्दै पेरिसलाई २-० को अग्रता दिलाए । खेलको ५५औँ मिनेटमा एमबाप्पेले गोल गरे भने  ६५औँ मिनेटमा इद्रिस्साले गोल गर्दै पिएसजीलाई ४-० को जित दिलाए ।

जितसँगै पिएसजीले पाँच खेलमा १५ अंक जोड्दै  शीर्ष स्थानमा छ । क्लेरमोन्ट फुट पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार