• बिहिबार, असोज ८ २०८३

जडीबुटीबाट मनाङमा साढे १२ लाख रुपैयाँ राजस्व संकलन


शनिबार, भाद्र २६ २०७८
1K
Shares

हिमाली जिल्ला मनाङमा जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो । 

आर्थिक वर्ष ०७६/७७ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम राजस्व संकलन भएको अन्नपुर्ण संरक्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताए । 

जिल्लाको मुख्य आयस्रोतको रूपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व संकलन हुँदै आएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार