• बिहिबार, असोज ८ २०८३

डा.कपिल अधिकारी गण्डकी विश्वविद्यालयको डिनमा नियुक्त


शनिबार, भाद्र २६ २०७८
795
Shares

गण्डकी विश्वद्यिालयको डिनमा डा.कपिल अधिकारी नियुक्त भएका छन्। 

विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्राडा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा.अधिकारीलाई डिनमा नियुक्त गरेको हो।

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि गरेका अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन्। 

स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्राध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा.अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले बताए।

डा.अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने विश्वास देवकोटाले व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार