• सोमबार, भाद्र २२ २०८३

शुक्रबार १ हजार ६६० जना संक्रमणमुक्त, २१ जनाको मृत्यु


शुक्रबार, भाद्र २५ २०७८
600
Shares

काठमाडौं । नेपालमा थप एक हजार एक सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार एक सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।

शुक्रबार १० हजार ९ सय १६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६० जना संक्रमित निको भएका छन्। त्यस्तै यसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा १० हजार ९ सय २४ जनाको मृत्यु भएको छ।

शुक्रबारसम्म २७ हजार सय ९५८ जना सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा थप तीन सय ५४ जनामा कोरोना संक्रमण भएको छ। काठमाडौंका २५७ जना, ललितपुरका ५६ जना र भक्तपुरका ४१ जनामा कोरोना संक्रमण भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार