अंशबण्डाको विषयमा विवाद हुँदा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका—५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार प्रहार गरी हत्या भएको छ।
हत्या आरोपमा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र भतिज ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका हुन्।
शुक्रबार दिउँसो साढे १२ बजे तामाङको हत्या भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।
विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो। दुबै जनालाई हत्यामा प्रयोग भएको हतियारहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल गएको छ।