• बिहिबार, असोज ८ २०८३

‘ए मेरो हजुर ४’ चैत २५ मा रिलिज हुने


शुक्रबार, भाद्र २५ २०७८
810
Shares


काठमाडौं । अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ आगामी चैत २५ गते रिलिज हुने भएको छ ।

निर्माता सुनिलकुमार थापाका अनुसार यसअघि भदौ १८ मा रिलिज हुने भनिएको चलचित्र कोरोना महामारीका कारण रोकिएको थियो।

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो ।

सरकारले सिनेमा हल खोल्न अनुमति दिइसकेको छ । तर, निर्माताहरू सिनेमा रिलिज गर्न डराइरहेका छन् । सरकारले सिनेमा खोल्न एक साताअघि नै निर्णय गरे पनि अहिलेसम्म सिनेमा हल खुला भएका छैनन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार