• बिहिबार, असोज ८ २०८३

आमाको निधनको दुई दिनपछि काममा फर्किए अक्षय कुमार


शुक्रबार, भाद्र २५ २०७८
785
Shares


एजेन्सी । अक्षय कुमारका लागि पछिल्ला केही दिन निकै उतारचढावपूर्ण रह्यो । उनकी आमा अरुणा भासिटयाको उनको जन्मदिनको एकदिन अघि निधन भयो । रिपोर्टका अनुसार निर्माता वाशु भगनानीसँग आफ्नो प्रोजेक्टमा काम जारी राख्नका लागि अक्षय शुक्रबार यूके जानका लागि तयार छन् । अक्षय सधैं इन्डष्ट्रिमा सबैभन्दा मिहिनेती अभिनेतामध्ये एक हुन् र अब उनी ‘वाशु की अनाम’ फिल्मको सेटमा फिर्ता भइरहेका छन् ।

अक्षयले वाशु भगनानीको धेरैजसो तारिफ गरिरहेका हुन्छन् । उनले सिनेमाघरमा बेल बटमलाई रिलिज गर्नका लागि सहमति व्यक्त गरेका थिए । यो फिल्मले महामारीका कारण धेरै पैसा कमाउन सक्दैन भनेर थाहा पाउँदा पनि उनले यसो गरे ।

अक्षय कुमारले आफ्नी आमाको निधनको खबर ट्वीटरमार्फत् दिएका थिए । अक्षयले लेखेका थिए, ‘उनी मेरी कोर थिइन् । र आज म आफ्नो अस्तित्वको मूलमा एक असहनीय पीडा महसुस भइरहेको छ । मेरी आमा अरुणा भाटिया आज बिहान शान्तिपूर्वक यो दुनियाँलाई छोडेर अर्को दुनियाँमा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने मेरो परिवार यस्तो भयानक स्थितिसँग गुज्रिरहेको छ । ओम शान्ति ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार