• बिहिबार, असोज ८ २०८३

साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश घोषणा


शुक्रबार, भाद्र २५ २०७८
520
Shares

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३२ प्रतिशत नगद गरी कुल २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले अघिल्लो वर्ष १८ प्रतिशत बोनस सेयर दिएको थियो । कम्पनीले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गर्नेछ । 
साधनाले हाल कायम २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँ चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार