• बिहिबार, असोज ८ २०८३

तेह्रथुम पावरको आइपीओ बाँडफाँट


शुक्रबार, भाद्र २५ २०७८
635
Shares


तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन भएको थियो।

यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ। यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँट गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार