• बिहिबार, असोज ८ २०८३

८ दिनपछि चल्याे मध्यपहाडी लोकमार्गमा यातायात


शुक्रबार, भाद्र २५ २०७८
625
Shares

?????????????????????????????????????????????????????????

अविरत वर्षापछि खसेको पहिरोले पर्वत खण्डमा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग आठ दिनपछि सञ्चालनमा आएको छ। 

पर्वतको कुश्मा नजिकै खसेको पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सडकमा एकतर्फी गाडी गुड्न थालेका हुन्। एक साताअघिको अविरल वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा सानाठूला दर्जनौँ पहिरो खसेका थिए।

पर्वतको मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा नगरपालिका–७ खरेहासम्मको सडक खण्ड पहिरोले क्षतविच्छेद हुँदा यातायात अवरुद्ध भएको थियो।

सातवटा एस्क्काभेटर, चारवटा जेसीभीसहितका उपकरण प्रयोग गरेर आठ दिनमा सडक एकतर्फी सञ्चालन योग्य बनाइएको सडक विभागले जनाएको छ।

ठूलाठूला चट्टानसहितको पहिरो खसेकाले पन्छाउन निकै कठिन भएको पर्वतका प्रहरी प्रमुख डिएसपी शिवराज बुढाथोकीले बताए। राजमार्ग खुलेपछि सवारीहरु गन्तव्यमा जान थालेका छन्। सडकलाई दुईतर्फी सञ्चालन योग्य बनाउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार