• बिहिबार, असोज ८ २०८३

आजदेखी पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला


शुक्रबार, भाद्र २५ २०७८
630
Shares


काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ ।

कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो ।

पशुपतिनाथको मुख्य मन्दिर खुलेपछि पाशुपत क्षेत्रमा रहेका गुह्वेश्वरीलगायतका मन्दिरहरू पनि खुला भएका छन ।

मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने र एकपटकमा २५ जना भक्तालुहरुलाई मात्रै मन्दिर प्रवेश गराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना भाइरसको तेस्रो लहर आएको भन्दै गत वैशाख १० गतेबाट भक्तजनहरूका लागि बन्द गरिएको मन्दिरमा पुजारीहरूले दैनिक नित्य पूजा मात्रै गर्दै आएका थिए ।

कोरोना महामारीको जोखिमका कारण लामो समय बन्द गरिएको पशुपतिनाथको मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार