• बिहिबार, असोज ८ २०८३

अर्जेन्टिनाको जितमा मेसीको ह्याट्रिक, तोडे पेलेको कीर्तिमान


शुक्रबार, भाद्र २५ २०७८
565
Shares


एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गरेको छ।

कप्तान लिओनल मेसीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ३—० गोलले पराजित गरेको हो।

मेसीले खेलको १४ मिनेटमा पहिलो गोल गरे। ६४ मिनेटमा उनले टिमको अग्रता दोब्बर पारे।

८८ मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्जिना सहज जिततर्फ लम्किएको थियो।

ह्याट्रिक गरेसँगै मेसीले राष्ट्रिय टिममा गोल संख्या ७९ पुर्‍याएका छन्। जससँगै मेसीले दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान भंग गरेका छन्। ब्राजिलका पेलेले राष्ट्रिय टिमका लागि ७७ गोल गरेका थिए।

जारी छनोटमा अर्जेन्टिना दोस्रो स्थानमा छ। अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोडेको छ।

शीर्ष स्थानको ब्राजिलको ७ खेलबाट २१ अंक छ। ब्राजिलले अहिले पेरूसँग खेलिरहेको छ।

छनोटको अन्य खेलमा कोलम्बियाले चिलीलाई ३—१, उरुग्वेले इक्वेइडरलाई १—० र पाराग्वेले भेनेजुएलालाई २—१ ले पराजित गरेका छन्।

इक्वेइडरलाई पराजित गरेसँगै उरुग्वे ९ खेलबाट १५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार