• बिहिबार, असोज ८ २०८३

तिन दिनसम्म घरघरमा दीपावली गरेर संविधान दिवस मनाइने


बिहिबार, भाद्र २४ २०७८
930
Shares

सरकारले तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौँ संविधान दिवस मनाउने निर्णय गरेको छ। सरकारले नेपालको संविधान जारी भएको असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ।

संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ गतेदेखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय सरकारले गरेको हो। 

संविधान दिवसका अवसरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने सरकारको तयारी छ। संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार