• बिहिबार, असोज ८ २०८३

‘द अदर साइड सो’ लिएर आउँदै दिवस खनिया


बुधबार, भाद्र २३ २०७८
1.8K
Shares

दिवस खनियाले आफ्नो नयाँ टेलिभिजन कार्यक्रमको नाम सार्बजनिक गरेका छन। उनले आफ्नो सामाजिक सन्जाल मार्फत नयाँ कार्यक्रम ‘द अदर साइड सो’ को फस्ट लुक सार्बजनिक गरेका हुन। बिगत लामो समय देखी बिभिन्न युवा केन्दृत र उत्प्रेरणात्मक कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका उनले भर्खरै मात्र ‘अ जर्नी थ्रु एग्जिस्टेन्स’ को दोश्रो सिजन सम्पन्न गरेका थिए।

‘अ जर्नी थ्रु एग्जिस्टेस’ ले दर्शक माझ राम्रो लोकप्रियता हाँसिल गर्दागर्दै अचानक बन्द भएको उक्त कार्यक्रममा खनियाले आनी छोइङ डोल्मा, अनुराधा कोइराला, महाबिर पुन, रमेश खरेल, गगन थापा, पुष्पा बस्नेत, सुरक्षा पन्त, योगी बिकाशानन्द लगायतसँग कुराकानी गरेका थिए। कार्यक्रम अचानक बन्द भएपछी खनियालाई दर्शकहरुले खोजिरहेकै बेला उनले भने आफ्नो फेसबुक मार्फत नयाँ कार्यक्रमको घोषणा गरेका हुन।

बुझिए अनुसार, उनको नयाँ कार्यक्रम ‘द अदर साइड सो’ को सुटिङ छिट्टै सुरु हुँदैछ। उनको नयाँ कार्यक्रम बिगतका कार्यक्रम भन्दा केहि भिन्न र प्रस्तुती समेत फरक रहने छ। नाम बाट नै हामिले अड्कल लगाउन सक्छौँ कि देखिएको र देखिने भन्दा भिन्न पाटोलाई कार्यक्रम मार्फत देखाइने छ।

यो कार्यक्रम सुरुमा १० देखी १५ शृँखला मात्र प्रस्तुत हुनेछ। सुटिङ लगायत सबै काम सकिए पछी अन्य बिस्तृत जानकारी गराइने समेत बुझ्नमा आएको छ। यसरि हेर्दा सँभवत खनियालाई दशैँ लगत्तै टेलिभिजन मार्फत पुन: हेर्न सकिने छ। यधपी कुन टेलिभिजन मार्फत कार्यक्रम प्रसारण हुनेछ भन्ने समेत उनले सार्बजनिक गरेका छैनन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार