• बिहिबार, असोज ८ २०८३

अभिनेता अक्षय कुमारलाई मातृशोक


बुधबार, भाद्र २३ २०७८
565
Shares


एजेन्सी । अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ। अक्षय स्वयंले सामाजिक संजालमा आफ्नी आमाको आज बुधबार बिहान निधन भएको जानकारी दिएको बलिउड हंगामाले छापेको छ।

उनले ट्विटरमा लेखेका छन्, ‘उहाँ मेरो अस्तित्वको आधार हुनुहुन्थ्यो। आज म मेरो अस्तित्वमै असहनीय पीडा महशुस गरिरहेको छु। मेरी आमा श्रीमती अरुणा भाटियाले आज सहजरुपमा यो संसार छोडेर मेरो पितासँग फेरि भेट्न जानुभयो।’

अक्षयकी आमा अरुणालाई केही दिनदेखि आइसीयुमा भर्ना गरिएको थियो। आमाको स्वास्थ्य जटिल बनेपछि अक्षय बेलायतबाट ‘सिन्ड्रेला’ फिल्मको छायांकन छाडेर भारत फर्किएका थिए।

उनले परिवारमा संकट परेको घडीमा संवेदना व्यक्त गर्ने आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिँदै उनीहरुको प्रार्थनाको सम्मान गर्ने लेखेका छन्।

अभिनेता अक्षयले आफ्नो जन्मदिन सेप्टेम्बर ९ को एक दिनअघि आफ्नी आमालाई गुमाएका हुन्। अक्षयकी आमाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार