विषालु सर्पले डसेर महोत्तरीमा दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका—२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका—२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिए ।रासस