Modern metal handcuffs. Vector illustration in flat style
काठमाडौं। स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित नागढुंगाबाट एक जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदक रहेका छन् ।
धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।