• बिहिबार, असोज ८ २०८३

साढे आठ हजार घुससहित नासु पक्राउ


बुधबार, भाद्र २३ २०७८
665
Shares

Modern metal handcuffs. Vector illustration in flat style


अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासले जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेशकुमार चौधरीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

चौधरीलाई सेवाग्राहीबाट लिएको आठ हजार पाँच सय रूपैयाँ घुससहित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट मंगलबार पक्राउ गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन विभिन्न बहाना बनाई आठ हजार पाँच सय रूपैयाँ माग गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रवक्ता रिसालले बताए।

उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार