काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य पनि सोही दरले घटेर प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।