• बिहिबार, असोज ८ २०८३

गोरखा नगरपालिका ४ मा सार्वजनिक सुनुवाई, यो बर्ष वडामा २ करोड बढीका योजना


मंगलबार, भाद्र २२ २०७८
950
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ४ ले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समिक्षा तथा २०७८/७९ मा सञ्चालन हुने कार्यक्रम तथा बजेटको जानकारी दिन भन्दै वडा कार्यालयले सार्वजानिक सुनुवाई आयोजना गरेको जनाएको छ ।

वडाध्यक्ष खोप बहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । पारस्परिक जवाफदेहिता परियाेजना अनर्तरगत सोच नेपालको सहजीकरणमा भएको कार्यक्रममा वडाले बर्षभरी गरेका आम्दानी तथा सेवा प्रवाहका बारे समेत सहभागीलाई जानकारी गराएको छ ।

जसमा गत बर्ष २०७७/७८ मा वडाबाट नागरिकताका १९९ सिफारिस, चारकिल्ला प्रमाणित १२३, घरबाटो सिफारिस ३२, नाता प्रमाणित १०७ र विविध सिफारिस १ हजार ५ सय ८४ वटा गरिएको बताइएको छ । कार्यक्रममा वडाले सेवा प्रवाहको विवरण सार्वजानिक गर्दै जन्मदर्ता ९३, मृत्युदर्ता ४२, विवाह दर्ता २८, बसाईसराई ४ र सम्बन्ध विच्छेद गरी १ सय ६८ वटा ब्यक्तिगत घटना दर्ता गरिएको बताएको छ ।

त्यस्तै एकबर्षमा वडा कार्यालयले ६ लाख ९९ हजार १ सय ८ रुपैया राजश्व संकलन गरेको छ । जसमा सम्पत्तिकर, भुमिकर, ब्यवसाय कर, बहालकर, सिफारिस, पञ्जिकरण दस्तुर लगायतका शिर्षकबाट सो बराबरको राजश्व संकलन भएको वडाध्यक्ष अधिकारीले बताए ।

यसैगरी एक बर्षमा वडा क्षेत्रका ४ सय ९१ जनालाई गरेर १ करोड ३५ लाख १६ हजार ५ सय १० रुपैया सामाजिक सुरक्षा वापतको रकम वितरण गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा १२ क्षेत्रका बिभिन्न शिर्षक र योजनामा वडागतबाट ९० लाख रकम खर्च गरेको जनाएको छ ।

जसमा पूर्वाधार विकासमा ५३ लाख, खानेपानी तथा सिंचाईमा ३ लाख, पर्यटकिय पूर्वाधारमा डेढ लाख, शुसासन तथा संस्थागतमा ४ लाख, स्वास्थ्य क्षेत्रमा ४ लाख ५० हजार, युवा तथा खेलकुदमा ३ लाख विपद ब्यवस्थापनमा २ लाख ५० हजार लगायत रहेको वडाध्यक्ष अधिकारीको भनाई छ । यसैगरी गत बर्ष वडा नम्बर ४ मा बिभिन्न योजनामा गरी ९४ लाख नगरस्तरीय बजेटबाट रकम खर्च भएको समेत उनले बताए ।

गत बर्ष वडाभित्र २४ वटा योजना सम्झौता भएको जसमा २३ वटा योजना पूर्ण रुपमा सम्पन्न भइसकेको र एउटा योजना भने क्रमागतमा रहेको सार्वजानिक गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै यस आर्थिक बर्ष २०७८/७९ मा वडागत बजेट ९० लाख रहेको र सो बजेट पूर्वाधार, खानेपानी, सिंचाई, कृषि, स्वास्थ्य, शिक्षा, शुसासन लगायतको विकासका लागि खर्च हुने उनको भनाई छ । यस बर्ष वडा नम्बर ४ मा १ करोड १६ लाख रुपैया नगरस्तरीय बजेट बिनियोजन भएको कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्तले नगरपालिकाका कमिकमजोरीलाई सच्याउन सकरात्मक सुझाव दिन नगरवासीलाई आह्वान समेत गरेका छन् । ‘काम गर्दै जादा सबै पूर्ण हुदैनन्, केहि कमजोरी पक्कै हुन्छन्, त्यसलाई सच्याउने मौका हामीलाई दिनुस’ उनले भने ‘तर हाम्रो कार्यक्षेत्रमै नपर्ने बिषयहरुमा समेत हामीलाई जोडेर गलत प्रचार भइरहेको छ, यसमा हामी सचेत हुन जरुरी छ ।’

नगरपालिकाले गर्ने हरेक बर्षको योजना तर्जुमा प्रकृयामा नागरिक सहभागिता ब्यापक हुनुपर्नेमा जोड दिदै नगरप्रमुख पन्तले वडा र नगरभित्र सञ्चालन हुने हरेक योजनालाई प्रभावकारी कार्यान्वयन गराउने वातावरण निर्माण गर्नु सबै नागरिकको जिम्मेवारी र दायित्व भएको समेत जिकिर गरे । संघ र प्रदेश सरकारले नगरभित्र योजनाहरु सञ्चालन गर्दा समन्वय नगर्दा अन्योल र असहजता समेत उत्पन्न भएको उनको गुनासो छ ।

त्यस्तै नगरप्रमुख पन्तले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुलाई पारदर्शि, जवाफदेहि बनाउन आफुहरु प्रतिवद्ध भएर लागेको समेत बताए । कार्यक्रममा वडासचिव नारायणबाबु भट्टले वार्षिक प्रगती प्रतिवेदन र आगामी योजना प्रस्तुत गरेका थिए भने वडासदस्य जमिल मियाँले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिभिन्न टोलविकास संस्था, उपभोक्ता समितिका प्रतिनिधी, राजनीतिक दल लगायत स्थानीय बासिन्दाले बिभिन्न बिषयमा प्रश्न, जिज्ञासाका साथै गुनासो राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार