• सोमबार, भाद्र २२ २०८३

मंगलबार थपिए एक हजार ६७७ कोरोना संक्रमित, २ हजार ७२ जना निको


मंगलबार, भाद्र २२ २०७८
645
Shares


पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १५ हजार ३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

नेपालमा अहिले ३० हजार ३०३ जना सक्रिय संक्रमित छन्।

त्यस्तै मंगलबार दुई हजार ७२ संक्रमित निको भएका छन्। योसँगै अहिलेसम्म सात लाख ३१ हजार जना संक्रमणमुक्त भइसकेका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ८ सय ७९ जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा थप पाँच सय १९ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका ३ सय ६४, ललितपुरका ८९ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार