गोरखा । गोरखा क्याम्पमा भदौ ३० गतेदेखी भौतिक रुपमा कक्षा सञ्चालन हुने भएको छ ।
क्याम्पस प्रमुख रामशरण बानियाँले आज एक सूचना जारी गर्दौ नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई भदौ ३० गतेदेखी शिक्षक विद्यार्थीको भौतिक उपस्थितमा नै कक्षा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।
यसअघि कोरोना संक्रमण जोखिम रहेकाले क्याम्पसले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्दै आएको थियो ।
